‘बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउँछौँ’

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउँछौँ’

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अघि बढाउन जरूरी रहेको बताउनुभएको छ ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाउनु भयो । नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउन अभियानका रूपमा अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।

नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.