फुलेका फूल सुक्दै गएपछि धादिङका किसान अन्य खेतीतर्फ

कार्तिक २४, २०८२ |पोषनाथ अधिकारी
फुलेका फूल सुक्दै गएपछि धादिङका किसान अन्य खेतीतर्फ

धादिङ । तिहारलाई लक्षित गरी खेती गरेका धादिङका फूल किसानले तिहार भन्दापछि मात्र फूल फुलेका कारण अहिले फूल काटेर अन्य खेतीको तयारी थालेका छन् ।

फूल फक्रिन भन्दा अघिनै तिहार परेको र एकैपटक धेरै फूल निक्लँदा बजारमा खपत नहुँदा फूल सुक्न थालेपछि किसानहरूले फूल काट्न थालेका हुन् । मौसम अदलबदल र तिथिको तल-माथिका कारण समयमा फूल उत्पादन र निर्यात गर्न नसक्दा किसानले अपेक्षाकृत रूपमा आम्दानी गर्न नसकेको धुनीवेसीका फूल किसानहरूले बताए ।

सरकारले आयातमा कडाइ गरेको भए पनि बजार व्यवस्थापन गर्न नसक्दा किसानले सधैं उत्पादन गर्दै काट्दै गर्नु परेको बताए । धादिङको धुनिवेसी, थाँक्रे, गजुरी, ज्वालामुखीलगायतमा हरेक वर्ष किसानले व्यवसायीकरूपमा फूल खेती गर्ने गरेका छन् । हरेक वर्ष धादिङबाट करोडौंको फूल निर्यात हुने गरेको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।