रामकुमारी झाँक्रीलगायतका नेताहरू एमालेमा फर्किए

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रामकुमारी झाँक्रीलगायतका नेताहरू एमालेमा फर्किए

काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू नेकपा (एमाले)मा फर्किएका छन् ।

सोमबार नेकपा (एमाले)ले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र श्रेष्ठलगायतका नेताहरू एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरू नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए । कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीहरूसँग एकतामा जाँदा उनीहरूले विरोध गरेका थिए । 

घर फर्क अभियान घोषणा सभामा एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह सूर्य तथा उनीहरूले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.