
काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सधैभरी ६-६ महिनामा सरकार परिवर्तन गर्ने, महिना-महिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क थियो । उहाँले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।
नेता गौतमले भन्नुभयो, ‘यो सधैँभरी ६-६ महिनामा सरकार परिवर्तन गर्ने, महिना-महिनामा सरकार परिवर्तन गर्ने सिष्टम राज्य सञ्चालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्नसक्छौँ । तपाईहरूलाई मेरो विनम्र अनुरोध छ-यो प्रस्ताव पारित गरिदिनुस्, यसलाई साथ दिन जनता तयार छ ।’
नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरूले अनिवार्य रूपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताउनु भयो ।