माओवादी केन्द्रसहित ९ दलबीचको एकता घोषणा सभा जारी

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रसहित ९ दलबीचको एकता घोषणा सभा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीचको एकता घोषणा सभा भृकुटीमण्डपमा जारी छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । एकता राष्ट्रिय सम्मेलन तथा घोषणा कार्यक्रममा पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तालिका छ । एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।

मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् । माओवादीबाट जनार्दन शर्मा र राम कार्कीलगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू बाहिरिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.