२० वर्षमा धेरै कुरा बदलियो तर राजनीतिक दलको नेतृत्व बदलिएन : घनश्याम भुसाल

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
२० वर्षमा धेरै कुरा बदलियो तर राजनीतिक दलको नेतृत्व बदलिएन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि, बजारको विस्तारलगायतका धेरै गतिविधिले समाज नयाँ हिसाबले पुनःगठित भएको बताउनु भयो । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिए पनि पुराना पार्टीहरूको नेतृत्व भने बदलिन नसकेको उहाँकाे भनाइ छ । 

उहाँले संसद् विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भइरहने प्रवृत्ति हट्न नसकेको बताउनु भयो । उहाँले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताउनु भयो ।

उहाँले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.