एमालेप्रति संकेत गर्दै रामकुमारी झाक्रीले भन्नुभयो : विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुने नै हो

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेप्रति संकेत गर्दै रामकुमारी झाक्रीले भन्नुभयो : विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुने नै हो

काठमाडौं । नेकपा (एकीकृत समाजादी)की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकताबद्ध हुने पक्षमा आफूहरू रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आफ्ना समूहका नेताहरूसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरू एमालेमै एकताबद्ध हुने बताउनुभएको हो । उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरू एमालेमा विना सर्त फर्कने बताउनु भएको थियो । 

सोही भनाइप्रति संकेत गर्दै उहाँले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरू एकताबद्ध हुने बताउनु भयो । उहाँले देशभरका एकीकृत समाजवादी पार्टीमा आबद्ध नेता, कार्यकर्ताहरूलाई पनि आफूहरू उभिएको ठाउँमा एकताबद्ध भएर उभिन आह्वान गर्नुभयो । 

नयाँ पार्टीहरूले केही पनि गर्न नसक्ने कुरा जेन-जी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै उहाँले आफूहरू रूपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको उहाँले बताउनु भयो । नेतृ झाँक्रीले नयाँ पार्टीहरूले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नुपर्ने पनि उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.