‘जेन-जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान सुरू गर्‍यौं’

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘जेन-जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान सुरू गर्‍यौं’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेन-जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरूले पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उहाँले जेन-जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरूलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरूबीच एकीकरणको काम गर्नुपरेको बताउनुभएको हो । 

उहाँले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरूको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरूको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गर्नुभयो । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तिहरूलाई आफूहरूले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गर्नुभयो ।

नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.