
पाटन (ललितपुर) । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा दिउँसो २ः०० बजेदेखि सुरू भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायत पदाधिकारी केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिहरू सहभागी छन् ।
मंगलबारको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेगरी तयारी भएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । जेन-जी आन्दोलनपछिको विकसित परिस्थितिमा असोज २८ गतेदेखि सुरू भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियोे ।