माओवादी केन्द्रका संयोजक दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रका संयोजक दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा साेमबार भएको छलफलमा यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनको तयारी, आठ वाम शक्तिको एकतासभा, घोषणापत्र, अन्तरिम विधान पारित, केन्द्रीय समितिको गठनलगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको मियाँले बताउनुभयो । दुई पार्टीका प्रमुखबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा वाम एकतापछिको सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वाम पार्टीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमतिपछि भएको छलफलमा अन्य कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभावबारे छलफल गरिएको जनाइएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.