
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउनुभएको छ ।
प्रेस चैतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताउनुभएको हो । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेलले जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताउनु भयो ।
उहाँले वर्तमान सरकार आफैँ संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताउनु भयो ।
जेन–जी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।