एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन : महासचिव पोखरेल

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेविरूद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरू एमाले र एमालेको नेतृत्वको विरूद्धमा लागेको आरोप लगाउनु भयो । 

उहाँले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरूलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरू एमालेविरूद्ध लागेको बताउनु भयो । यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरू र अराजकताको विरूद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरू नियोजित रुपमा एमालेविरूद्ध लागेको उहाँको भनाइ छ । 

यी नै चार शक्तिका कारण नेपालमा जेन-जी आन्दोलनका नाममा अराजक गतिविधि भएको उहाँको दाबी छ । उहाँले भदौ २३ गतेको घटनामा प्रहरीले गरेको गतिविधिको पनि आलोचना गर्नुभयो । नेपालमा धेरै राजनितिक आन्दोलन भएको उल्लेख गर्नुहुँदै उहाँले जेन-जी आन्दोलनमा क्रममा प्रहरीले भीड नियन्त्रणको लागि अपनाएको विधि शंकास्पद भएको दोहोर्‍याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.