किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झन्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र मोर्चाका अध्यक्ष किराँतीले साेमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । 

दुई पार्टीबीच विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ ।

तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गर्नुभएको थियो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.