छठपछि वामपन्थी एकता हुन्छ, सरकार निर्वाचन गराउन गम्भीर बनोस् : दाहाल

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
छठपछि वामपन्थी एकता हुन्छ, सरकार निर्वाचन गराउन गम्भीर बनोस् : दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयाेजक पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गर्नुभएको छ ।

जनकपुरधाममा बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको उहाँले बताउनु भयो । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उहाँको दाबी छ ।

उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो । मंगलबार मात्रै संसदीय दलहरूसँग सरकारले वार्ता गरेको र सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको उहाँले बताउनु भयो ।

उहाँले जेन-जी आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.