राजनीतिक नियुक्ति पाएका ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक नियुक्ति पाएका ११ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक नियुक्ति दिएका ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको हो । अमेरिका, चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । राजनीतिक नियुक्ति पाए पनि भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई भने फिर्ता बोलाइएको छैन ।

सरकारले राजदूतहरुलाई कात्तिक २० गते सम्ममा स्वदेशफर्किन समय दिएको छ । बिहीबारकै मन्त्रिपरिषद् बैठकले इनरुवा– पूर्णिया ४ सय केभीर दोधारा–बरेली ४ सय केभी अन्तर्देशीय प्रसारण लाईन विद्युत प्राधिकरण र भारतकोपाबर ग्रिड कम्पनीको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय पनि गरेको छ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.