काठमाडौं । लोसपाका प्रदेश सभा सदस्य जितेन्द्र प्रसाद सोनार सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
कांग्रेस, एमालेबाहेकका पाँच दलको सिफारिसमा उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नु भएको हो ।
विश्वासको मत लिने भनिए पनि सतिशकुमार सिंहले रोष्टममा नै राजीनामा दिनु भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आह्वान भएबमोजिम एमाले र कांग्रेसबाहेकका पाँच दलहरुले सोनललाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेका थिए ।
सोनललाई जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र , लोसपा नेपाल र नेकपा समाजवादीका प्रदेश सभा सदस्यको समर्थन छ ।