काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिनुभयो । नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।
उहाँले मंसीरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वाससमेत व्यक्त गर्नुभयो । नेता कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताउनु भयो ।