गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस् : ओली

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस् : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गर्नुभएको छ ।

गुण्डुमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताउनुभएको हो । उहाँले आयोगमा बस्नुभन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न गर्नुभयो । सम्पत्ति छानविनको कुरा उठिरहेको भन्दै उहाँले अहिलेका सरकारका मन्त्रीहरुको सम्पत्ति  छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गर्नुभयो । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको उहाँको भनाइ छ। 

अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.