संसद् पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद् पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई सही बाटोमा फर्काउनका लागि संसद् विघटन तत्काल फिर्ता गर्नुपर्ने माग लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । अध्यक्ष ओलीले यो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले ससद् पुन:स्थापनाको माग अघि नबढाए मुलुक बर्बाद हुने चेतावनीसमेत दिनुभयो । असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाइ थियो । उहाँले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्‍याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.