संसद पुनर्स्थापनाको माग लिएर अदालत जान्छौं : नेता बस्नेत

आश्विन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद पुनर्स्थापनाको माग लिएर अदालत जान्छौं : नेता बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नतेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने बताउनुभएको छ ।

पार्टी मुख्यालय च्यासलमा आज पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताउनुभएको हो । नेता बस्नेतले संसद पुनर्स्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत् अघि बढाउने भन्ने विषयमा पनि छलफल भईरहेको समेत बताउनु भयो । उहाँले भ्रष्टाचारविरुद्धको जेन-जी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि बताउनु भयो ।

नेता बस्नेतले जेन—जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए-नभएको छानविन गर्नुपर्ने माग गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.