माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : संयाेजक दाहाल

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : संयाेजक दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभ यो । 

अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने उहाँले बताउनुभयो । बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको समेत उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.