काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन आग्रह गर्नुभएको छ ।
वडादशैंका अवसरमा साेमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता औँल्याउनुभएको हो ।
उहाँले मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न तथा तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका सस्यहरूको हल गर्न र यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्नुभएको छ ।