काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लुम्म हुने के छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रश्न गर्नुभयो । उहाँले नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिनुभएको भन्दै पृथ्वी नै बोकेको जस्तो के छ ? भन्ने उहाँको प्रश्न छ ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम्म ढल्ने हो कि जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको थियो । राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उहाँको भनाइ छ ।
सम्बन्धित समाचार :