काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताउनु भयो । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला, समुदाय, वर्ग, दलित, मुस्लिमहरूलाई अघि बढाउन नसकिने बताउनु भयो ।
विगतको निर्वाचन प्रणाली भन्दा प्रगतिशिल निर्वाचन प्रणाली आएपछि पर्याप्त नरहेको उहाँले बताउनु भयो । सरकारले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिटो ल्याउनुपर्ने उहाँले बताउनु भयो ।
उपाध्यक्ष राईले स्थानीय तहमा प्रमुहरु पटक-पटक एकै जनालाई उठाइराख्ने प्रवृत्ति रोक्नुपर्ने बताउनु भयो ।