जनार्दनको आत्मग्लानी : कानून चोरी हुने संसदमा किन आइएछ !

भाद्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनार्दनको आत्मग्लानी : कानून चोरी हुने संसदमा किन आइएछ !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू अन्तरिक कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्‌‌मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताउनु भयो । 

आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने उहाँले बताउनु भयो । संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले दुःखेसो गर्नुभयो । उहाँले आफूले किन संविधानको कार्यान्वयन गरिएन ? भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको टिप्पणी गर्नुभयो ।

उपमहासचिव शर्माले देशको अर्थतन्त्रबारे १५ दिनसम्म लगातार बहस गर्न जरूरी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.