भियतनामकी उपराष्ट्रपति सुआनले आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँग भेट्दै

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भियतनामकी उपराष्ट्रपति सुआनले आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँग भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

उहाँले आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औ वार्षिकोत्सव समारोहमा पनि उहाँ सहभागी हुने कार्यक्रम छ ।

उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उहाँ काठमाडौं आउनुभएको हो । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । हिजो उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको थियो । उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.