काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लुमै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गर्नुभयो ।
उहाँले देशको राजनीतिको खाँबो आफैँले धानाको जस्तो लाग्ने गरेको बताउनु भयो । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ कि जस्तो हुने गरेको उहाँले जिकिर गर्नुभयो । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने उहाँले जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले आफू साहित्यप्रति धेरै रुची राख्ने व्यक्ति भएको बताउनु भयो ।