काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले राज्यका सबै अंग कब्जा गर्ने नियतले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाउनुभएको छ ।
रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुग्नुभएका माओवादी अध्यक्ष दाहालले पत्रकारहरूसँग कुरा गर्दै सत्तारूढ दलको निहित स्वार्थले उपसभामुखलाई हटाउन खोज्नु गलत रहेको प्रतिक्रिया दिएका हुन् ।
अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर एमाले र कांग्रेसको सरकारले रविमाथि राजनीतिक प्रतिशाँधिएको आरोप लगाउँदै अध्यक्ष दाहालले जसले गर्दा रास्वपा र रविलाई फाइदा भएको बताउनु भयो ।
सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रास्वपा सभापति लामिछानेलाई केहिदिन अघिमात्र नख्खु कारागारमा ल्याएका थिए ।