काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रूपमा उदाएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने जिकिर गर्नुभयो ।
उहाँले पुरानाहरूले पनि रैथाने भ्रष्ट जिन्दवाद, खानदानी भ्रष्ट जिन्दवाद भन्ने स्थितिमा रहेको बताउनु भयो । देशमा तर्क हराएको उहाँको भनाइ छ । महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने बताउनु भयो ।