शंकर पोखरेलको प्रश्न : नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?

भाद्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
शंकर पोखरेलको प्रश्न : नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गर्नुभयो । 

उहाँले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरूरी रहेको बताउनु भयो । प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको उहाँले बताउनु भयो । 

नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताउनु भयो । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने उहाँले बताउनु भयो ।

महासचिव पोखरेलले ध्रुवीकरण जरूरी छ भन्नेकुराको अर्थ साना दलहरूको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताउनु भयो । नेपालको चुनौति राजनीतिक अस्थिरता भएको उहाँकाे भनाइ छ । नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.