काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चित्रण गर्नुभयो ।
उहाँले त्यस्ता राजनीतिक दलहरूले बुधबार १० वर्ष जनयुद्ध लढेको माओवादी र लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताउनु भयो । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको उहाँले जिकिर गर्नुभयो । उहाँले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताउनु भयो ।
उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पुर्याउनुपर्ने बताउनु भयो ।