काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बतानुभएको छ ।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताउनु भयो ।
उहाँले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लढेको र सबै निर्वाचन जितेको बताउनु भयो । धेरै राजनीतिक दलका नेताहरु आफूलाई हराउन लागेको भएपनि सफल नभएको उहाँको भनाइ छ ।
सभापति देउवाले आफ्नो अब धेरै उमेर नरहेकाले कसैले चिन्ता नगर्न आग्रह गर्नुभयो ।