काठमाडौं । प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख इन्दिरा रानामाथि पदअनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताउनु भयो ।
जनजाति महिला र अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पुर्याउन चलखेल भइरहेको बताउनु भयो ।
आफ्नो पार्टीलाई उपसभामुखको लागि कुनै प्रस्ताव नआएको पनि उहाँले स्पष्ट पार्नुभयो ।