कांग्रेस-एमालेको स्पष्टीकरण : उपसभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमालेको स्पष्टीकरण : उपसभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरूलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएका छन् । कारणबारे सबैले उपसभामुखमाथि महाभियोग प्रस्ताव दर्ता गराउने अनुमान गरेपनि दुवै राजनीतिक दलहरूले यसको खण्डन गरेका छन् । 

नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउनसक्ने र कुनैपनि बेला काम लागेको समयमा प्रयोग गर्नसक्ने बताउनु भयो । उहाँले उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उहाँमाथि हटाउन प्रस्ताव पेस हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको भएपनि त्यो सही नभएको बताउनु भयो ।

नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादा विपरितकेही मानिसहरूलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभएको कुरा संसद्‌मा उठेको भएपनि अहिले सांसदहरूको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताउनु भयो । 

उहाँले सत्तारूढ दल उपसभामुखमाथि महाभियोग लगाउने निर्णयमा पुगि नसकेको बताउनु भयो यद्यपि उहाँमाथिको आरोप राफसाफ गर्नुपर्ने बताउनु भयो ।

उहाँमाथि महाभियोग प्रस्ताव दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय सरकारले नभइ संसद्ले गर्ने पनि उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.