प्रधानमन्त्रीकाे टिप्पणी- अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीकाे टिप्पणी- अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको बताउनु भयो । 

अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्ति समेत गरेको ताजा अनुभव आफूसँग रहेको उहाँकाे भनाइ थियाे । अदालत संविधानको व्याख्याता भएकाले अनुकूल व्याख्या गर्ने सुविधालाई लिएर त्यस्तो फैसला हुने गरेको उहाँले बताउनु भयो । आफूले अदालतको हुर्मत लिएको नभइ अनुभव आदानप्रदान गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफूहरू पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रमा अघि बढिरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.