संसदीय गतिविधिलाई प्रभावकारी बनाउनेबारे सत्तारूढ दलका प्रमुख सचेतकहरूको छलफल

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदीय गतिविधिलाई प्रभावकारी बनाउनेबारे सत्तारूढ दलका प्रमुख सचेतकहरूको छलफल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख सेचतकहरूले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनेबारेमा छलफल गरेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा मंगलबार बसेको सत्तारूढ दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउनेबारेमा छलफल गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय दलको मामिला कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गरिएको बताउनु भयो । 

संसद्‌मा लामो समयदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरिरहेको र यो राम्रो नभएकोले यसबारेमा छलफल गरेको उहाँले बताउनु भयो । संघीय निजामति विधेयक, शिक्षा विधेयक जारी अधिवेशनबाट पारित गर्नेगरी अघि बढाउने बारेमा छलफल गरेको उहाँले बताउनु भयो ।

उहाँले सत्तारूढ दलहरूबीच भूमिसम्बन्धी विधेयकका बारेमा पनि छिटो भन्दा छिटो असझदारीलाई समझदारीमा रूपान्तरण गर्नेगरी अघि बढ्ने सहमति भएको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित