काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरूको हस्ताक्षर राजनीतिक दलहरूले दुरूपयोग नगर्ने स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बेला-बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताउनु भयो ।
कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको उहाँले बताउनु भयो । महाअभियोग लगाउन, सरकार बदल्न हस्ताक्षरको काम लाग्ने उहाँको भनाइ छ ।
सचिव भट्टराईले संसद भदौभर सञ्चालन हुने पनि जानकारी दिनुभयो ।