उपसभामुख रानालाई हटाउने निर्णयप्रति शेखर पक्षको असन्तुष्टि

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपसभामुख रानालाई हटाउने निर्णयप्रति शेखर पक्षको असन्तुष्टि

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्ष असन्तुष्ट देखिएको छ ।

उपसभामुखलाई हटाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बुढानीलकण्ठमा बोलाएको बैठकमा शेखर कोइराला सहभागी हुनुभएन । संसदीय दलमा सांसदहरूलाई बोलाएर हस्ताक्षर संकलन गरिएकामा कोइराला पक्ष सांसदहरू पनि उपस्थित भएका छैनन् ।

नेपाली कांग्रेसले पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको थियो । बैठक सकिएलगत्तै कांग्रेसले आफ्ना सांसदहरूलाई सिंहदरबार बोलाएर हस्ताक्षर गराइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच साेमबार साँझ उपसभामुखले पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.