काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ ।
सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गर्नुभयो ।
सरकार बनेदेखि नै गल्ती भइरहेको उहाँको आरोप छ । आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले उपसभामुखविरूद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताउनु भयो । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदुतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।
यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।