नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः महामन्त्री थापा

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँलै अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउनु भयो । 

उहाँले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले उनीहरूलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरूरी रहेको जिकिर गर्नुभयो । तर आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने उहाँले बताउनु भयो । काँग्रेसले त्यसको तागत राख्ने पनि उहाँको भनाइ छ ।

महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली कांग्रेसभित्र शुद्धिकरण, जागरण चाहिएको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.