‘पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गरियो’

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गरियो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस्ता भाष्य र चुनौतिहरू चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक रहेको बताउनु भयो । 

उहाँले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गर्न निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ काम गर्न जरूरी रहेको बताउनु भयो ।

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.