५० हजार पारिश्रमिकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
५० हजार पारिश्रमिकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उहाँको भनाइ छ । 

उहाँले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताउनु भयो । पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुँने उहाँले बताउनु भयो । 

यसका लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राजनिति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफ्नो अवस्थामा हिनतावोध गर्न नहुनेमा पनि जोड दिनुभयो । जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि आफूले माईक्रोबस चलाएको स्मरण गर्दै उहाँले काम गर्न लाज मान्न नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.