.png&w=1000&height=550)
बुटवल । बुटवलमा डोजर चलाएर सडक क्षेत्र खाली गराउन थलिएको छ ।
बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि बुटवल उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि विशेष अभियान सुरु गरी सडक क्षेत्र खाली गराउन थालेको हो ।
उपमहानगरपालिकाको अगुवाइमा विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायले अव्यवस्थित व्यापार हटाउने निर्णय गरेपछी सडकमा डोजर चलेको छ। उपमहानगरपालिकाले बुधबार दिउँसो सर्वसाधारणलाई फुटपाथ व्यापार हटाउन जानकारी दिएको थियो ।
माइकिङ गरी सूचना जारी गरिसके पछि पनि नमानेपछि बिहीबारदेखि डोजर चलाएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।