जनमत पार्टीको विस्तारित बैठक र प्रशिक्षण सम्पन्न

श्रावण १७, २०८२ |आरएन विश्वास
जनमत पार्टीको विस्तारित बैठक र प्रशिक्षण सम्पन्न

सप्तरी। जनमत पार्टी सप्तरीको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ ।

बैठकको उद्घाटन गर्नुहुँदै जनमतका केन्द्रीय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले जिल्ला समन्वय समितिका सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको हो ।

सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुहुँदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

जनमत पार्टीले १० लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको बताउनुहुँदै उपाध्यक्ष डा. राउतले यसकालागि जनताले पनि एउटा मात्रै सिट जिताउँदैमा उक्त संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

भारतीय राजनीति पार्टी-बीजेपीको उदाहरण दिँनुहुँदै उपाध्यक्ष डा. राउतले जनमतका स्वराजीहरूलाई आफ्नो विधान-संस्कारबाट कहिले पनि पछाडी नहुन निर्देशन दिनुभयो । सोहीअन्तर्गत हरेक स्वराजीलाई सामाजिक, भौतिक र आर्थिकरूपमा सबल हुनु पनि जरूरी रहेको उपाध्यक्ष डा. राउतको भनाइ थियो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।