सुपका मुख्यमन्त्री शाहलाई पुनः विश्वासको मत

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुपका मुख्यमन्त्री शाहलाई पुनः विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा पुन: विश्वासको मत पाउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले पुन: प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो ।

प्रदेशसभाको बिहिबार बसेको बैठकमा मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३० मत परेको हो । उहाँको विपक्षमा १५ मत परेको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसमा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री शाहले ३० मत पाउनुभएको हो । 

उहाँलाई नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन्। यसैगरी समर्थन फिर्ता लिएको नाउपाका कैलाश चौधरीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको छ ।

सत्ता साझेदार दल नाउपाले गत असार २० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले संविधानअनुसार विश्वासको मत लिनुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.