आगामी वैशाखभित्रै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गर्ने एमालेकाे तयारी

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी वैशाखभित्रै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गर्ने एमालेकाे तयारी

काठमाडौं । सत्तारूढ दल नेकपा एमाले आगामी वैशाखभित्रै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको छ ।

पार्टी महाधिवशेन तयारीका लागि एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । विधान महाधिवेशनमा प्रस्तुत गर्न विधान संशोधन प्रस्तावसहित राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनको मस्यौदासमेत पारित गरिसकेको छ । 

विधान महाधिवेशनको सम्मेलन हलबाटै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गर्ने तयारी एमालेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन केन्द्रीय कमिटी बैठकले रोक लगाइसकेकाले एमालेलाई प्रभावित हुने खालका गतिविधि नगर्न समेत स्थायी समिति सदस्य ढकालले आग्रह गर्नुभएको छ ।

उता पूर्वराष्ट्रपति भण्डारीले भने राजनीति गर्ने अधिकार कानुनले नरोकेको भन्दै पार्टीको निर्णयले आफूलाई फरक नपार्ने र यसअघिको निर्णयबाट पछि नहट्ने सार्वजनिक अभिब्यक्ति दिँदै आउनुभएको छ । 

भण्डारीले केही दिनभित्रै पार्टीको निर्णयबारे धारणा सार्वजनिक गर्नेसमेत बताइसक्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीपक्षका नेताहरूले पनि पार्टीको निर्णयबारे आन्तरिक छलफल भइरहेको तर कसरी अघि बढ्ने भन्ने विषयमा ठोस रणनीति नबनिसकेको जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.