यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताउनु भयो । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने उहाँले बताउनु भयो । 

जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा कांग्रेस र वर्तमान सरकार गम्भीर रहेको उहाँले बताउनु भयो ।

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.