नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शुक्रबार संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरूका बारेमा छलफल भइरहेको बतउनु भयो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रूमपा काम गरिरहेको उहाँले बताउनु भयो ।

सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.