पार्वती कार्की एनसेल करोडपति घोषित

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्वती कार्की एनसेल करोडपति घोषित

काठमाडौँ । धादिङ, गंगाजमुना गाउँपालिका-६ की पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनाअन्तर्गत एक करोड रूपैयाँको बम्पर पुरस्कार जितेकी छन्। एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत पुरस्कार हस्तान्तरण गरेका हुन्।

२०७२ सालको भूकम्पमा कान्छो छोरा र घर गुमाएकी कार्कीले विगत आठ वर्षदेखि एनसेलको सिम प्रयोग गर्दै आएकी थिइन्। असार महिनामा रू ९९ को ‘बेसिक रिन्युअल’ प्याक खरिद गर्दै उनले योजनामा सहभागिता जनाएकी थिइन्।

“जीवनमा धेरै संघर्षपछि यो पुरस्कार जित्दा अत्यन्त खुसी लागेको छ। अब ऋण तिर्ने र नेपालमै श्रीमानसँग मिलेर उद्यम सुरू गर्ने सोच छ,” कार्कीले भनिन्।

एनसेलको १२ हप्ते योजनामा अन्य ५० जनाले जनही एक लाख रूपैयाँको साप्ताहिक पुरस्कार जितेका छन्। एनसेलकाअनुसार हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको छ भने बाँकी विजेतालाई पनि प्रमाणिकरणपछि पुरस्कृत गरिनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.