बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मानव बेचबिखन नियन्त्रणका लागि कानून निर्माण मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद गैरेले समस्या समाधानको लागि गहिरो बहस र संरचनात्मक परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो । 

उहाँले नागरिकहरू मानव बेचबिखनमा पर्नुको कारणहरू बेरोजगारी, अशिक्षा र गरिबी रहेको उल्लेख गर्दै यी समस्याहरूको सम्बोधन नगरिकन समस्या समाधान नहुने बताउनु भयो । सांसद गैरेले शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी विकासका क्षेत्रमा विजय हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले मानव बेचबिखनमा परेका नागरिकहरूको सामजमा पुनःस्थापना, राहत र उद्धारलगायतका व्यवस्था समावेश गरेर विधेयकलाई समृद्ध बनाउन जरूरी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.